देउवा सरकारकाे पहिलाे निर्णय
२०७८ सालभित्र सबै नागरिकलाई काेराेनाविरूद्धकाे खाेप निःशुल्क
मेरोन्यूज
२०७८ असार २९ गते २२:२७

काठमाडाैं । सरकारले २०७८ सालभित्र सबै नागरिकलाई काेराेनाविरूद्धकाे खाेप निःशुल्क लगाउने भएकाे छ । प्रधानमन्त्रीकाे पद तथा गाेपनियताकाे शपथपछि आज साँझ सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद्काे पहिलाे बैठकले सबै नागरिकलाई काेराेनाविरूद्धकाे खाेप निःशुल्क उपलब्ध गराउने निर्णय गरेकाे हाे ।
आगामी असाेज मसान्तसम्म एक तिहाइ जनसंख्या र आगामी चैत मसान्तसम्म खाेप लगाउन याेग्य सबैलाई खाेप सुनिश्चित गर्ने निर्णय गरेकाे हाे । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले खाेप ल्याउन नसक्दा नेपालमा खाेप अभियान प्रभावित भएकाे छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता एक साताभित्रै उपलब्ध गराउने निर्णय भएकाे जानकारी दिए ।
सम्बन्धित
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया