यस्तो छ कांग्रेसको पौडेल समूहबाट मन्त्री बन्नेको सूची, सुजाताले गर्ने छिन् नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सरकारमा सहभागी हुने ४ जनाको नाममा मोटामोटी सहमति गरेको छ ।
मन्त्रालयको टुङ्गो लाग्न बाँकी भए पनि रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने चार जनाको नाम टुङ्ग्याएको हो ।
स्रोतले भन्यो मोटामोटी रूपमा दिलेन्द्र प्रसाद बडु, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला र तेजुलाल चौधरी मन्त्री बन्ने भएका हुन् । तर, मन्त्री बन्नेमा अरू नेताहरूले समेत आकांक्षा देखाएर केही हेरफेर हुन सक्ने स्रोतले जनाएको छ ।
उनको पक्षबाट कोइरालाले उप प्रधानमन्त्रीसहित परराष्ट्र, डा. रिजालले सञ्चार मन्त्रालयमा दाबी गरेका छन् । तर, कोइरालाले दाबी गरेको मन्त्रालयमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपन्द्र यादवले समेत दाबी गरेका छन् ।
यद्यपि, पौडेल पक्षले चार मन्त्रालयमा दाबी गरे पनि देउवा पक्षले कृष्ण प्रसाद सिटाैला पक्षलाई समेत मिलाएर जानु पर्ने भएकाले ३ वटा मन्त्रालय दिने जनाइएको छ ।
सम्भवत आज साँझसम्म उनीहरूको मन्त्रालयसमेत आजै टुङ्गो लाग्ने स्रोतको भनाइ छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया