मैले ‘रअ’का प्रतितिधिसँग भेटेको समाचार भ्रम हो : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपध्याक्ष भीम रावलले आफूप्रति मन गढन्ते समाचार लेखेर भ्रम फैलाउने काम भएको बताएका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतितिधिसँग साँझ ८ बजेदेखि ९ बजेसम्म होटल मेरियटमा भेटेको भन्ने कथित समाचार बनाएर अनलाइन खबरलगायत समाचार संस्थाहरूले प्रकाशन गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘त्यो दिन साँझ ६ बजे म र रघुजी पन्त माधव कुमार नेपालजीको निवासमा थियौँ, हामीले कुरा गरिहेको समयमा विष्णुप्रसाद पौडेलजीको मलाई फोन आयो । उहाँको फोन आएको कुरा उहाँहरू दुवै जनालाई जानकारी गराएँ । विष्णुजीले बालुवाटारमा प्रधानमन्त्रीले कुरा गर्न खोज्नुभएको छ भन्नु भएपछि मैले माधव नेपालजी र रघुजीले सुन्नेगरी फोन खुला राखेँ,’ नेता रावलले भने, ‘कोटेश्वरबाट निस्कदा करिब सवा ६ बजिसकेको थियो । त्यहाँबाट म आफ्नो घरमा टोखा गएँ । घर पुग्दा ७ बजिसकेको थियो । घरमा खाना ढिलो हुने भएकाले मैले विष्णुजीलाई फोन गरेर म ८ बजेतिर मात्र पुग्ने खबर गरिदिन आग्रह गरेँ । खाना खाएर तयार हुँदा करिब ८ बजिसकेको थियो । खाना खाएर म बालुवाटार पुग्दा करिब ८ बजेर १५ मिनेट भएको थियो । यस्तो तथ्लाई बंग्याएर म माधव नेपालजीको निवासबाट ८ बजे निस्केको र आधा घण्टा गायव भएर पौने ९ बजे बालुवाटार पुगेको भन्ने मनडढन्ते समाचार लेखेर प्रपञ्च गरिएको छ ।’
यस्तै, केपी शर्मा ओलीले आफूलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्तावमा सत्य नभएको बताएका छन् ।


















नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया