को बन्ला स्वास्थ्य मन्त्री ?

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीकै बीचमा देशमा सत्ता परिवर्तन भएको छ । मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्री बनेका छन् । उनले प्रधानमन्त्रीको सपथ लिएसँगै चार सदस्य सानो आकारको मन्त्री मण्डल गठन गरेका छन् ।
उक्त मन्त्री मण्डलमा स्वास्थ्यमन्त्री पाउने धेरैको अपेक्षा थियो । तर, त्यसो हुन सकेन । कोरोना महामारी बढ्दै गर्दा महत्वपूर्ण मन्त्रालयका रुपमा स्वास्थ्य मन्त्रालय पर्न पुगेको छ । यसैबीच कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, संसदीय मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्र कार्की तथा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुसाल नियुक्त भए ।
नयाँ सरकार गठनसँगै स्वास्थ्यमन्त्री को बन्लान् भन्ने चासो बढेको छ । स्वास्थ्य मन्त्रीको नाम टुंगो नलागे पनि पहिलो मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यसँग सम्बन्धी निर्णय गरेको छ । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई एक साताभित्र भत्ता दिने, आगामी चैतभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप दिने निर्णय भएको छ । तर, प्राथमिकतामा स्वास्थ्य मन्त्री परेनन् ।
को बन्लान् स्वास्थ्यमन्त्री ?
कोरोना नियन्त्रण तथा रोकथाममा प्रमुख भूमिका भएको मन्त्रालय हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । सबैको चासो स्वास्थ्यमन्त्री को बन्छन् भन्नेमा छ । स्वास्थ्य मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) र कांग्रेस दुवैको चासो परेको छ ।
अघिल्लोपटक कांग्रेस सरकारमा ‘सफल’ स्वास्थ्य मन्त्रीका रुपमा ठहरिएका गगन थापा कोरोना महामारीविरुद्ध लड्नका लागि उपयुक्त पात्र हुने भन्ने पार्टीपंक्ति र आम सर्वसाधारणको बुझाई छ । उनी आफै स्वास्थ्यको जिम्मेवारी पाए राम्रोसँग निभाउने बताएका प्रधानमन्त्री देउवा निकट स्रोत बताउँछ । उनलाई कांग्रेस नेताहरूले पनि मन्त्री बनाउँनु पर्ने देउवालाई दबाब दिएका छन् ।
यता कांग्रेसभित्र महामन्त्रीसमेत रहेका डा. शंशाक कोइला उप प्रधानसहित स्वास्थ्य मन्त्री बन्ने चासो देखाएको स्रोत बताउँछ । उनी आफू स्वयम् डाक्टर भएकाले उनलाई उप प्रधानसहित स्वास्थ्यमन्त्री बनाउनुपर्ने कांग्रेसभित्र चर्चा छ ।
यसैगरी, उपेन्द्र यादव आफैले दाबी गरेका छन् भन्ने चर्चा चलेको छ । ओली सरकारको पालामा उपप्रधान तथा स्वास्थ्यको अनुभव लिइसकेका यादवले फेरि आफ्नो रोजाई स्वास्थ्य हो भनेपछि अड्किएको स्रोत बताउँछ ।
यादवलाई परराष्ट्र र स्वास्थ्यमा रूची देखाएका छन् । उनले इच्छा र रूची देखाए भने देउवाले नाई भन्न सक्दैनन् । त्यसैले स्वास्थ्य मन्त्री बनाउन रोकिएको एक नेताले बताए । तर, अझै दुई दिनसम्म स्वास्थ्य मन्त्रीको टुंगो लाग्न नसक्ने प्रधानमन्त्री देउवा निकट एक नेताले बताए ।















एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया