देशव्यापी खुला कविता प्रतियोगितामा प्रथम बनिन् सेलिया
काठमाडौं । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम भएकी छन् ।
सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा ‘एउटै छ माटोको रङ’ शीर्षकको कविता उत्कृष्ट छनोट भएको हो । देशभरिबाट प्राप्त २८ वटा कवितामध्ये श्रेष्ठले वाचन गरेको कविता उत्कृष्ट ठहरिएको हो । विद्यार्थीले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए ।
प्राप्त कवितालाई निर्णायकले सुनेर विजेता छनोट गरेका हुन् । प्रतियोगितामा काठमाडौँकी प्रविज्ञा नेपाल द्वितीय, मोरङको रतुवामाइकी शर्मिला चौलागाईं तृतीय र बुटवलका रोशन घिमिरे र मोरङका दीपेन्द्र बराइलीले चौथो स्थान प्राप्त गरे ।
जुममार्फत भएको प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ रहेका थिए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया