कांग्रेस महाधिवेशन नजिकै गर्दा क्रियाशील सदस्यता वितरण झनै जटिल बन्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिेवेशनको मिति नजिकिँदै छ । तर क्रियाशील सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ ।
क्रियाशील सदस्यता नवीकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेको ५ दिन भयो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बारा र धनुषाका नेता कार्यकर्ताहरू संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका हुन् ।
उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको दाबीसहित निर्णय सच्याउन माग गरेका छन् ।
क्रियाशिल सदस्यतालाई नेपाली कांग्रेसको मेरुदण्ड मानिन्छ । केन्द्रीय क्रियाशिल सदस्यता छानबिन समितिले असार महिनामा क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या निरूपण गरी अन्तिम टुङ्गो लगाउने बताएको थियो । तर अधिकांश जिल्लामा क्रियाशील सदस्यता वितरण सम्बन्धमा विवाद चुलिँदै गएको छ । दैनिकजसो पार्टी कार्यालयमा धर्ना बस्ने कार्यकर्ता बढ्दै जानुले विवाद समाधान भन्दा पनि जटिल बन्दै गएको पुष्टि गरेको छ ।
नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँदली भएको भन्दै धर्ना बसेका छन् । नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताका अनुसार आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशील सदस्यता थप्ने काम छ ।
धनुषाका पूर्व सांसद डाक्टर चन्द्र मोहन यादव लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अस्था आएको छ ।
धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढङ्गले नयाँ क्रियाशील सदस्यता थप्ने काम भएको उनले बताए । कांग्रेसको क्रियाशील सदस्य संमायोजनको समस्या समाधान गर्ने आज अन्तिम दिन हो । केन्द्रिय क्रियाशील छानबिन समितीका एक सदस्यका अनुसार अझै ३४ जिल्लाको समस्या समाधान भएको छैन । कांग्रेसको वडा माधिवेशन साउन १२ गतेबाट हुदैछ । भने केन्द्रिय महाधिेवेशन भदौं १६ गतेदेखि १९ गते काठमाडौं हुने तयारी छ ।
















केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया