राससका प्रधानसम्पादकमा पाठक

काठमाडाैं । राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त भएका छन् । हाल कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य उनी १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागू हुने गरी प्रधानसम्पादकको जिम्मेवारी पुगेका हुन् ।
पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिए । हालका प्रधानसम्पादक श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका छन् ।
हाल रासस आलेख शाखाका प्रमुख पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गरेका थिए । उनीसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ । सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तकका लेखक पाठकले यसअघि राससका उपप्रमुख समाचारदाता, अन्तरराष्ट्रिय समाचार डेस्कका प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गरिसकेका छन् ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया