अफगानिस्तानको युद्धमा भारतीय फोटो पत्रकार मारिए
मेरोन्यूज
२०७८ साउन १ गते १६:२०

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसका प्रमुख फोटोग्राफर रहेका भारतका दानिश सिद्दीकी अफगानिस्तानको कन्धार प्रान्तमा तालिबान र सरकारी सेनाबीचको युद्धको क्रममा मारिएका छन् ।
भारतमा रहेका अफगानिस्तानी राजदूत फरिद मामुन्दजईले समाजिक सञ्जाल ट्वीटरमार्फत् दानिश सिद्दीकी मारिएको पुष्टि गरेका हुन् । दानिशको मृत्यु कन्धार प्रान्तको स्पिन बोल्डाक जिल्लामा तालिबानसँग अफगानी सेनाको युद्धको क्रममा भएको रोयर्टसले जनाएको छ ।
बुधबार तालिबानले स्पिन बोल्डाक सहर र पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो । उनी पछिल्लो केही दिनयता अफगानिस्तानमा जारी युद्ध र तनावको अवस्था देखाउने तस्वीर खिच्दै आएका थिए ।
सम्बन्धित
















युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया