केन्द्रीय सदस्य घिमिरेमाथिको आक्रमणको कांगेसद्वारा निन्दा

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गरेका हुन् । क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर साङ्गठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने शर्माले उल्लेख गरेका छन् ।
कांग्रेसको आसन्न १४ औं महाधिवेशन तयारी सम्दर्भमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पनि घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको थियो । प्राप्त छोटो समय र कोभिड–१९ महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वकोे कियाशील सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको विषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च प्रशंसा गरेको छ ।
समितिको कार्यलाई सघाउनु पार्टीका हरेक तहको नेतृत्व र सदस्यको जिम्मेवारी रहेकोे उल्लेख गर्दै प्रवक्ता शर्माले सदस्यतासम्बन्धी कुनै निर्णयउपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहीन र दण्डनीय गतिविधि अस्वीकार्य हुने वताएका छन् ।
















जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत फेला
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया