दाङमा आजदेखि ५५ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोप लगाइँदै

दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ । “एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।” कार्यालायका कोरोना फोकल पर्सन कमल चन्दले भने, “स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।”
अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ ।
त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपाङ्गता भएका नागरिकलाई खोप लगाइने जनाइएको छ । रासस
















भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया