देउवालाई मत दिन नेपाल पक्षका सांसदलाई स्वविवेक प्रयोग अनुमति

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपाल समूहका सांसदहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा स्वविवेक प्रयोग गर्न दिने भएको छ । तर, अधिकांश सांसदले मत दिने भएका छन् ।
यसैबीच कार्यदलका नेताहरूले देउवालाई विश्वासको मत दिए पार्टी एकताको ढोका बन्द हुने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले १० बुँदे सहमति पत्रअनुसार अगाडि बढ्न भनेको छ ।
प्रधानमन्त्री देउवालाई नेपालसहित सांसदहरू मेटमणि चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादवलगायत नेताहरूले विश्वासको मत दिने भएका हुन् । यसैबीच भारतमा उपचार गरिरहेका झलनाथ खनाल विश्वासको मत दिन आह्वान गरिसकेका छन् ।
उता नेता नेपालले कार्यदलका नेताहरूसँग आफू एक्लै भए पनि देउवालाई विश्वासको मत दिने बताएका छन् । एमालेले देउवालाई विश्वासको मत दिनेहरू आजैदेखि पार्टीमा नरहने निर्णय गरिसकेको छ ।
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया