चुच्चे नक्सा हेर्दै–मेलम्चीको धारा खोल्दै जनताले सम्झिने छन् : प्रवक्ता ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दलहरूको विभाजनले सरकार गिराउने र लोकतन्त्र कमजोर बनाउने काम भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्रश्न सरकारमा बसेको वा हटेको विषयमा होइन, गेम फियर भयो कि भएन भन्ने हो ?,’ प्रवक्ता ज्ञवालीले भने, ‘पहिले मनोमहन अधिकारीले जुन घटना भोग्नु भयो, सोही घटना केपी शर्मा ओलीले भोग्नु भयो ।’
कुनै पनि लोकतान्त्रिक प्रणालीमा सर्वोच्च अदालतले सोझै प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नहुने उनले बताए । ‘आज ५ जना श्रीमानबाट प्रधानमन्त्री नियुक्त गर्नु भयो,’ उनले भने ।
प्रवक्ता ज्ञवालीले आफ्नो पार्टीबाट केही साथीहरू हुँदैमा वा नहुँदैमा कुनै चिन्ता नहुने बताउँदै संविधानको अजिव व्याख्या भएको बताए । सर्वोच्च अदालतमा खनिएका उनले अदालतले संविधानले अपव्याख्या गरेको आरोप लगाए ।
‘घर बनाएको हेर्दै, धरहरा हेर्दै, चुच्चे नक्सा हेर्दै, सगरमाथाको उचाई हेर्दै ओली सरकारलाई जनताले सम्झनेछन्,’ ज्ञवालीले भने, ‘मेलम्चीको धारा खोल्दा, लोडसेडिङ नहुँदा, गाउँगाउँमा पुगेको अस्पताल पुग्दा, श्रमिकको तलब बढ्दा जनताले सम्झिरहने बताए ।’

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
प्रतिक्रिया