चुच्चे नक्सा हेर्दै–मेलम्चीको धारा खोल्दै जनताले सम्झिने छन् : प्रवक्ता ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दलहरूको विभाजनले सरकार गिराउने र लोकतन्त्र कमजोर बनाउने काम भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्रश्न सरकारमा बसेको वा हटेको विषयमा होइन, गेम फियर भयो कि भएन भन्ने हो ?,’ प्रवक्ता ज्ञवालीले भने, ‘पहिले मनोमहन अधिकारीले जुन घटना भोग्नु भयो, सोही घटना केपी शर्मा ओलीले भोग्नु भयो ।’
कुनै पनि लोकतान्त्रिक प्रणालीमा सर्वोच्च अदालतले सोझै प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नहुने उनले बताए । ‘आज ५ जना श्रीमानबाट प्रधानमन्त्री नियुक्त गर्नु भयो,’ उनले भने ।
प्रवक्ता ज्ञवालीले आफ्नो पार्टीबाट केही साथीहरू हुँदैमा वा नहुँदैमा कुनै चिन्ता नहुने बताउँदै संविधानको अजिव व्याख्या भएको बताए । सर्वोच्च अदालतमा खनिएका उनले अदालतले संविधानले अपव्याख्या गरेको आरोप लगाए ।
‘घर बनाएको हेर्दै, धरहरा हेर्दै, चुच्चे नक्सा हेर्दै, सगरमाथाको उचाई हेर्दै ओली सरकारलाई जनताले सम्झनेछन्,’ ज्ञवालीले भने, ‘मेलम्चीको धारा खोल्दा, लोडसेडिङ नहुँदा, गाउँगाउँमा पुगेको अस्पताल पुग्दा, श्रमिकको तलब बढ्दा जनताले सम्झिरहने बताए ।’












सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै
नेपालमा २७ देखि ४६ वर्ष समूहका युवाको औसत खर्चभन्दा आम्दानी बढी
Two die on the spot in jeep accident
दुबई उडेका उदयपुरका युवक ४ महिनापछि दिल्लीमा फेला
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया