शनिबार, चैत १४, २०८२

प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता

मेरोन्यूज २०८२ चैत १४ गते १६:१०

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरु सिंहदरबार छिर्ने प्रयास गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरु बबरमहलको सडकमा प्रहरी घेरा ताेडेर प्रयाेग गरेर सिंहदरबार छिर्ने प्रयास गरेका हुन् ।

उनीहरुलाई अहिले प्रहरीले गेटबाट भने तितरवितर पारेको छ । नजिकै प्रदर्शन जारी राखेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा पक्राउको विरोधमा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर, बबरमहल क्षेत्र अहिले तनावग्रस्त भएको छ ।

प्रतिक्रिया