भुमि समस्या समाधान आयोग खारेज
७७ जिल्लाका भुमी आयोगका पदाधिकारी समेत बर्खास्त

काठमाडौं । सरकारले भुमि समस्या समाधान आयोग खारेज गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले आयोगक खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पुर्ण संरचना बन्द गर्नै निर्णय गरेको प्रधान्मन्त्री निकट स्रोतले जानकारी दिएको छ । सो निर्णयसँगै केन्द्रका आयोगका पदाधिकारी र ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तीमा परेका हुन् ।
केन्द्रमा नेकपा (एमाले)का नेता देवी ज्ञवालीको नेतृत्वमा रहेको आयोगमा सदस्यहरु जगत बहादुर देउजा, भीम बहादुर कार्की, मञ्जली शाक्य बज्राचार्य, बिक्रम यादव, गोपाल गुरागाईं, जगदेव यादव, केशव देवकोटा, एक बहदुर राना मगर, शोभा राम बस्नेत, बुद्धि प्रसाद शर्मा, अगस्त राज र अधिकारी ऋषिराम तिवारी रहेका थिए ।
आयोगको ७७ जिल्लामा एक उपसचिव र दुई जना अधिकृत तहको सेवासुविधा पाउने गरी केपी ओली नेतृत्वको सरकारले आफ्ना कार्यकर्ताहरुलाई नियुक्ति दिएको थियो ।
यसैगरी सोही बैठकले पहिलो र दोस्रो पटक संसद विघटनका बिचमा गरिएका सबै राजनितिक नियुक्तिहरु खारेज गर्ने प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । स्रोतले भन्यो,‘यो बिचमा खुल्ला प्रतिस्पर्धामार्फत नियुक्ति भएका बाहेक अन्यलाई हटाउनेगरी गृहकार्य भईरहेको छ ।’
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया