भुमि समस्या समाधान आयोग खारेज
७७ जिल्लाका भुमी आयोगका पदाधिकारी समेत बर्खास्त

काठमाडौं । सरकारले भुमि समस्या समाधान आयोग खारेज गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले आयोगक खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पुर्ण संरचना बन्द गर्नै निर्णय गरेको प्रधान्मन्त्री निकट स्रोतले जानकारी दिएको छ । सो निर्णयसँगै केन्द्रका आयोगका पदाधिकारी र ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तीमा परेका हुन् ।
केन्द्रमा नेकपा (एमाले)का नेता देवी ज्ञवालीको नेतृत्वमा रहेको आयोगमा सदस्यहरु जगत बहादुर देउजा, भीम बहादुर कार्की, मञ्जली शाक्य बज्राचार्य, बिक्रम यादव, गोपाल गुरागाईं, जगदेव यादव, केशव देवकोटा, एक बहदुर राना मगर, शोभा राम बस्नेत, बुद्धि प्रसाद शर्मा, अगस्त राज र अधिकारी ऋषिराम तिवारी रहेका थिए ।
आयोगको ७७ जिल्लामा एक उपसचिव र दुई जना अधिकृत तहको सेवासुविधा पाउने गरी केपी ओली नेतृत्वको सरकारले आफ्ना कार्यकर्ताहरुलाई नियुक्ति दिएको थियो ।
यसैगरी सोही बैठकले पहिलो र दोस्रो पटक संसद विघटनका बिचमा गरिएका सबै राजनितिक नियुक्तिहरु खारेज गर्ने प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । स्रोतले भन्यो,‘यो बिचमा खुल्ला प्रतिस्पर्धामार्फत नियुक्ति भएका बाहेक अन्यलाई हटाउनेगरी गृहकार्य भईरहेको छ ।’













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया