ओली जीलाई उचाल्ने काम भयो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कसैले नउचाल्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओलीलाई उचाल्ने काम भएको आरोप लगाउँदै यस्तो बताएका हुन् ।
‘केपी ओली जीलाई कसैले नउचाल्नु होला, उहाँले यस्तो काम गर्न सक्नु हुन्न,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँ यस्तो मान्छे होइन, उचाल्ने काम भयो ।’
यस्तै, प्रधानमन्त्री देउवाले संविधानको अन्तिम व्याख्या गर्ने स्थान सर्वोच्च अदालत नै भएको बताए । उनले आफूहरू कसैले व्याख्या गरेर नहुने बताए । उनले भने, ‘संविधानको व्याख्या मैले गरेर हुन्छ ? ओली जीले गरेर हुन्छ ? संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ सर्वोच्च अदालत नै हो ।’
उनले राष्ट्रपतिले आफूहरूको अभिमत अस्वीकार गरेको आरोप लगाए । राष्टपतिले आफूहरूलाई अस्वीकार गरेकाले नै संविधानअनुसार अधिकार माग्न सर्वोच्च अदालत जानु परेको बताए ।
यसैगरी, प्रधानमन्त्री देउवाले सत्ता पक्ष र प्रतिपक्षी मिलेर जान आग्रह गरेका छन् । विपक्षीको भूमिका महत्वपूर्ण हुने बताउँदै राम्रो काममा साथ दिन आग्रह गरे । कोरोना महामारीमा सबै एक जुट हुन आवश्यक रहेको भन्दै उनले एक ठाउँमा उभिने विश्वास लिए ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया