ओली जीलाई उचाल्ने काम भयो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कसैले नउचाल्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओलीलाई उचाल्ने काम भएको आरोप लगाउँदै यस्तो बताएका हुन् ।
‘केपी ओली जीलाई कसैले नउचाल्नु होला, उहाँले यस्तो काम गर्न सक्नु हुन्न,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँ यस्तो मान्छे होइन, उचाल्ने काम भयो ।’
यस्तै, प्रधानमन्त्री देउवाले संविधानको अन्तिम व्याख्या गर्ने स्थान सर्वोच्च अदालत नै भएको बताए । उनले आफूहरू कसैले व्याख्या गरेर नहुने बताए । उनले भने, ‘संविधानको व्याख्या मैले गरेर हुन्छ ? ओली जीले गरेर हुन्छ ? संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ सर्वोच्च अदालत नै हो ।’
उनले राष्ट्रपतिले आफूहरूको अभिमत अस्वीकार गरेको आरोप लगाए । राष्टपतिले आफूहरूलाई अस्वीकार गरेकाले नै संविधानअनुसार अधिकार माग्न सर्वोच्च अदालत जानु परेको बताए ।
यसैगरी, प्रधानमन्त्री देउवाले सत्ता पक्ष र प्रतिपक्षी मिलेर जान आग्रह गरेका छन् । विपक्षीको भूमिका महत्वपूर्ण हुने बताउँदै राम्रो काममा साथ दिन आग्रह गरे । कोरोना महामारीमा सबै एक जुट हुन आवश्यक रहेको भन्दै उनले एक ठाउँमा उभिने विश्वास लिए ।
















राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट जंगली, झाक्री र केसी विजयी
राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया