काठमाडौँ तिनचुलीबाट पाँचसहित ११ जुवाडे पक्राउ
काठमाडौँ । काठमाडौँ महानरगपालिका ६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर हुने ३५ वर्षीया तारा थापालगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त पाएसँगै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै नवलपरासी (पूर्व), कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाहा बस्ने शोभा बिकको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय शेर बहादुर बिकलगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १९ हजार २ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया