कालिकोटको रास्कोटमा अक्सिजन प्लान्ट जडान
काठमाडौं । कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो ।
विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको सो केन्द्रका रितेश देवले बताए । “हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौँ” उनले भने, “त्यसै आधारमा कर्णाली प्रदेशको रास्कोट नगरपालिकाको रास्कोटमा पनि मिनि अक्सिजन प्लान्ट जडान गरेका हौँ ।”
मिनि अक्सिजन प्लान्टबाट प्रतिमिनेट ६० लिटर अक्सिजन उत्पादन हुने र अक्सिजन प्लान्ट जडान गरेर १० वटा श्यया अक्सिजन सिलिण्डर जडान गरिएको देवले बताए । “कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहोस् भनेर प्लान्ट जडान गरिएको छ” उनले भने, “दुर्गम क्षेत्रलाई आविष्कार केन्द्रले विशेष महत्व दिएको छ ।”
कोरोना सङ्क्रमितलाई अक्सिजनको अभावमा बाहिर रिफर गर्नुपर्ने अवस्था रहेकोमा अब यहाँ अक्सिजन प्लान्ट जडान भएपछि जटिल खालका बिरामीलाई अस्पतालमा नै उपचार गर्न सकिने रास्कोट अस्पतालका प्रमुख डा.भोजराज बमले जानकारी दिए ।
बिरामीलाई श्वासप्रश्वासको समस्या भए बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको रहेकोमा अब भने यही अस्पतालमा नै उपचार गर्न सकिने प्रमुख बमले जानकारी दिए ।
कोरोना महामारी आउना साथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए ।
“कोभिड–१९ को सङ्कट आउनासाथ हामीले त्यसको रोकथाम नियन्त्रणका लागि स्वास्थ्य सामग्री उत्पादन गर्दै आएका छौँ” उनले भने, “अहिले हामीले ती सामग्री पश्चिमका जिल्ला र पूर्वका पहाडी दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्दै आएका छौँ” पुनले बताए । रासस
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया