बोनम्यारो रोगबाट पीडित बालकलाई सहयोग

काठमाडाैं । हाम्रो जन्मभूमि संस्थाले बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । भगवतीमाई गाउँपालिका–२ बेस्तड़ा दैलेखका ११ वर्षीय बालक सुशील शाहीलाई रु एक लाख ६३ हजार सहयोग गरेको हो ।
शाहीको विगत एक वर्षदेखि सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । गत वर्षदेखि उक्त रोगबाट पीडित बालकको उपचारका लागि रु २५ लाख रकम लाग्ने सञ्चारमाध्यममा आएपछि टिकटकमा सङ्गठित भएर सिन्धुपाल्चोकको सो संस्थाले देश तथा विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरी बालक शाहीलाई हस्तान्तरण गरेको हो ।
निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका निमनाथ फुुयाँल र संस्थाका अध्यक्ष ईन्द्र आचार्यले संयुक्तरुपमा रकम आज हस्तान्तरण गरे । समाजिक सेवामा समर्पित संस्थाले केही समय अगाडि सिन्धुुपाल्चोकमा आएको बाढीबाट पीडित परिवारलाई रु दुई लाख बराबरको खाद्यान्न सामग्री सहयोग गरेको थियो ।










देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया