बोनम्यारो रोगबाट पीडित बालकलाई सहयोग

काठमाडाैं । हाम्रो जन्मभूमि संस्थाले बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । भगवतीमाई गाउँपालिका–२ बेस्तड़ा दैलेखका ११ वर्षीय बालक सुशील शाहीलाई रु एक लाख ६३ हजार सहयोग गरेको हो ।
शाहीको विगत एक वर्षदेखि सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । गत वर्षदेखि उक्त रोगबाट पीडित बालकको उपचारका लागि रु २५ लाख रकम लाग्ने सञ्चारमाध्यममा आएपछि टिकटकमा सङ्गठित भएर सिन्धुपाल्चोकको सो संस्थाले देश तथा विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरी बालक शाहीलाई हस्तान्तरण गरेको हो ।
निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका निमनाथ फुुयाँल र संस्थाका अध्यक्ष ईन्द्र आचार्यले संयुक्तरुपमा रकम आज हस्तान्तरण गरे । समाजिक सेवामा समर्पित संस्थाले केही समय अगाडि सिन्धुुपाल्चोकमा आएको बाढीबाट पीडित परिवारलाई रु दुई लाख बराबरको खाद्यान्न सामग्री सहयोग गरेको थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया