बस पल्टिँदा एकको मृत्यु, १३ यात्रु घाइते
मेरोन्यूज
२०७८ साउन ६ गते ९:५०

लहान । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नम्बरको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ ।
सम्बन्धित
















कांग्रेस सभापति गगन थापा सर्लाहीमा
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर
जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया