अभिनेत्री चम्सुरीको मृगौलामा समस्या, अस्पताल भर्ना

काठमाडौं । मृगौलाको समस्याका कारण नेपाली हास्यव्यंग्य क्षेत्रकी चर्चित अनुहार चम्सुरी उर्फ पल्पसा डंगोल केही दिनअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । उनको दुई वटै मृगौला फेल भएको छ । मृगौला बिग्रेपछि हाल उनको मृगौला फेर्न बाहेकको अरु विकल्प नभएकाे उनलाई भेटेर आएकी कलाकार दीपा श्री निरौंलाले बताईन् ।
मेरोन्यूजसँग कुरा गर्दै कलाकार दीपाले भनिन्,‘हाम्रो साथी पल्पसाको दुई वटै मृगौला फेल छ,मृगौला फेर्नुबाहेक अरु विकल्प छैन, पाँच वर्षदेखि विरामी छिन्, मृगौंला किन्नको लागि पैसा संकलनमा सहयोग गरौं, कोही दान दिने हुनुहुन्छ भने उनलाई रकम व्यवस्थाको लागि अघि बढौं ।’
दीपाले अपिल गर्दै भनेकी छिन्, ‘हामी डाक्टरहरुसँग सर सल्लाह गर्दैछौ, उनिहरुको राय र सूझाब अनुसार नै हामिले के कति र कसरी सहयोग गर्न सक्छौ सबै शुभेच्छुक मित्रलाइ जानकारी दिनेछौ, हाललाइ एक कलाकार प्रति देखाउनु भएको यति बिध्न माया र सदभाबको लागि मुरी मुरी धन्यबाद ।’
केही समयदेखि पल्पसाको डाइलासिस गरे पनि अहिले डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले जनाएको छ ।
विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ मा अभिनय गर्दै आएकी कलाकार पल्पसाले नेपालीसहित नेपालभाषा (नेवारी)का टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । उनि टेलिफिल्म ‘दृष्टि’ को निर्देशक समेत हुन् ।
















संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया