प्रतिबन्धित ‘निलो रेडबुल’ बिक्री गर्ने चार जना पक्राउ

काठमाडौँ । प्रतिबन्धित क्याफिनयुक्त (इनर्जी ड्रिङ्क्स’ शक्ति बद्र्धक पेय पदार्थ ‘निलो रेडबुल’ बिक्री वितरण गर्ने चार जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित क्याफिनयुक्त शक्ति बद्र्धक पेय पदार्थ अवैध रुपमा बिक्री वितरण गर्ने काठमाडौं बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रविनराज श्रेष्ठ, बाँके कोहलपुर घर भई गोगंबु बस्ने २६ वर्षीय राजु पौडेल, ओखलढुंगा चम्पादेवी घर भई निलोपुल बस्ने ३१ वर्षीय धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर घर भएका विरेन्द्र चौधरी लाई पक्राउ गरेको हो ।
पौडेल रेडबुल ओसारपोसारमा संलग्न रहेको र श्रेष्ठ शक्तिमाता स्टोर कपनका सञ्चालक रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका मानिसलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि भन्सार विभागमा पठाइने महाशाखाले जनाएको छ । ३ असार २०७६ मा प्रकाशित राजपत्र भाग ५ को सूचना १ प्रकरण ४ को (ढ) बमोजिक क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ बिक्री वितरणमा पूर्ण बन्देज गरिएको छ ।
काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटारलगायतका स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित निलो रेडबुल नेपालमा ल्याई बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ५ साउनमा छापा मारेको थियो ।
उक्त स्थानमा छापा मार्दा प्रतिबन्धित निलो कलरको शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी उनीहरूको साथबाट २०२ कार्टुन अर्थात ४ हजार ८ सय ४८ थान बरामद गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए ।
एसपी कोइरालाका अनुसार बरामद रेडबुलमध्ये ८४ कार्टुन बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखेर बिक्री वितरण गरिरहेको अवस्थामा नयाँबस्ती गोठाटारबाट बरामद भएको हो ।

साथै बरामद सामानहरू खुला सीमानाको फाइदा उठाउँदै भारतबाट नेपाल भित्र्याउने र पिकअप भ्यान तथा रात्री कालीन बसबाट काठमाडौँसम्म ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया