शुक्रबार, पुष ४, २०८२

थप २,८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

मेरोन्यूज २०७८ साउन ६ गते १६:५५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जना कोराना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६१६ ओटा नमुनाको परीक्षण गर्दा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् । भने पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेकोे छ ।

प्रतिक्रिया