सोमबार, माघ १२, २०८२

ओलीलाई नेपालको जवाफ- ‘फ्लोर क्रस सर्वोच्चको फैसला, लोकतान्त्रिक मूल्य मान्यता अनुकुल छ’

मेरोन्यूज २०७८ साउन ७ गते १५:१०

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिएका छन् । नेता नेपालले २३ फागुनको सर्पोच्चको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिँड्दा समस्या आएको बताएका छन् ।

गत ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि ओलीले प्रधामन्त्री र दल नेताबाट राजीनामा दिनुको साटो सत्तामा रहिरहने प्रवृत्ति देखाएको उनले आरोप लगाएका छन् ।

‘पार्टी र दलको निर्णयविना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीत कुरा हो । त्यसको विरोधस्वरुप विभिन्न क्रियाकलाप भएका हुन्, जसलाई विधान विपरीत भन्न मिल्दैन ’नेता नेपालले भनेका छन् ।
जेठ ७ मा फेरि प्रतिनिधिसभा विघटन गर्नु ५ पुसकै निरन्तरता भएको निष्कर्षसहित आफूहरु संसद पुनर्स्थापना र वैकल्पिक सरकार निर्माणमा लागेको उनले बताए ।

पार्टी अध्यक्ष ओलीलाई दिएको जवाफमा उनले भनेका छन्, ‘हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल रहेको छ ।’

प्रतिक्रिया