बुधबार, वैशाख २३, २०८३

अमरेशकुमार सिंहले ज्यादती गरेकाे भन्दै विराेधमा उत्रिए सर्लाहीका कांग्रेस नेता

मेरोन्यूज २०७८ साउन ७ गते १९:०५

काठमाडाैं । सर्लाही क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले ज्यादती गरेकाे भन्दै सर्लाहीका कांग्रेस नेता विराेधमा उत्रिएका छन् । पार्टी महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरणलगायत विषयमा सिंहले अहंकारी प्रवृत्तिले पार्टीलाई अप्ठ्याराे अवस्थामा पुर्याएकाे भन्दै उनीरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकाे ध्यानाकर्षण गराएका छन् ।

Advertisement
NiccNicc

प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवहा, धनकाैल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह, बसवरिया गाउँपालिका अध्यक्ष राम अयाेध्या यादव, रामनगर गाउँपालिकाका अध्यक्ष नितुकुमारी यादव, क्षेत्रीय सभापति हरेन्द्र सहनी, अशाेककुमार सिंह, नगरसभापति बालकिशाेर सिंह, उपेन्द्र महताे, लालबाबु महताे, वैजनाथप्रसाद सिंह र रामएकवाल साहले देउवालाई पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया