एमाले केन्द्रीय कमिटी बैठक
माधव नेपालसँग ओलीले पार्टी एकता जोगाउन अन्तिम वार्ता गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीभित्रको आन्तरिक विवाद मा अन्तिम एकता प्रयास गर्ने र त्यसको जिम्मा अध्यक्ष केपी ओलीलाई दिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा चार दिन यता जारी केन्द्रीय कमिटिको बैठक समापन गदै एमालेले पार्टीकै बरिष्ठ नेता माधव नेपाल पक्षसँग एकताको अनितम प्रयास एकपटक गर्ने र त्यसको पहलकदमी अध्यक्ष ओलीले नै गर्ने निर्णय गदै बैठक समापन गरेको हो ।
असन्तुष्ट माधव नेपाल पक्षसँग एकताका लागि अन्तिम प्रयास गर्ने निर्णय बैठकले लिएको र त्यसको जिम्मा पनि अध्यक्ष ओलीलाई दिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘हामी अझै पनि पार्टी एकता र कम्युनिष्ट आन्दोलन जोगाउन छलफलमा छौँ। माधव पक्षसँग वार्ता जारी छ। अबको केही दिनका छलफलहरूले धेरै कुरा तय गर्छु, हामीले प्रवृत्तिसँग सम्झौता गर्ने होइन, व्यक्तिलाई रोग लाग्यो भने रोग निको बनाउने हो। हरेक नेतृत्वको प्रयास अन्तिमसम्म पनि कमजोरीबाट जोगाउने हुन्छ। हामी त्यही उपचार प्रयासमै छौँ। अध्यक्ष कमरेडले अब एकताका लागि अन्तिम प्रयास गर्नुहुनेछ,’ ज्ञवालीले भने ।

ओलीलाई नै पार्टी एकताको पहलकदमी लिन जिम्मा दिने निर्णयको अर्थ अव ओलीले माधव नेपालसागै भेटवार्ता गरेर अन्तिम चोटी प्रयास गर्ने भन्ने भएको अर्का एक नेताले बताए । नेपालसाग यो निर्णयसागै ओली आफैले अव वार्ता प्रयास गर्नेछन्, केन्द्रीय समितिका एक नेताले बताए ।
ओली र नेपालका वीचमा सम्भव भएसम्मै आजै वेलुकीसम्म भेटवार्ता गराउने तयारी भएको छ । त्यसका लागि एकता प्रक्रियामा रहेका दुवै पक्षका दोस्रो तहका नेताहरुले पलहकदमी लिईरहेका छन् । सम्भवतः आजै भेटवार्ता हुन सक्ने नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
पार्टीभित्र देखा परेको विवाद र रडाको अब निश्चित अवधिका लागि मात्रै भएको भन्दै ज्ञवालीले यसमा चाडै सकारात्मक र आशावादी निर्णय एमालेका नेता कार्यकर्ताले पाउने पनि ज्ञवालीले बताए ।
नेपाल पक्षका २२ सांसदलाई एमालेले स्पष्टीकरण सोधेको थियो । काग्रेस सभापति शेरवहादुर देउवालाई संसदमा विश्वासको मत दिने प्रक्रियामा सहभागी भएपछि ओलीले २२ सांसदलाइृ २४ घण्टे स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफ नेपाल पक्षका सांसदहरुले अलग अलग रुपमा आज वुझाएका थिए ।
यसपछि ओलीले नेपाल पक्षका नेताहरुलाई कारवाही गर्न सक्ने आकलनका वीच आजै ओलीले पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा माधव नेपाल सहितका नेतालाई आममाफी दिने संकेत गदै एमालेको एकताका लागि एक्जुट हुन सार्वजनिक अपिल गरेका थिए ।
त्यसपछि सोही हलमा बसेको एमाले बैठकले ओलीलाई एकताको अनितम प्रयास गर्ने जिम्मा दिएको हो ।
ओलीले पार्टी बैठकमा पनि एकताका लागि अन्तिम समयसम्म हदैसम्म लचिलो भएर प्रयास गर्ने बताएको प्रवक्ता ज्ञवालीले बताए ।
‘कमरेड अध्यक्षले पनि एकताकै बाटोमा जाने बताउनु भएको छ। उहाँले आजको बैठकमा एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने बताउनु भएको छु ।मधव कमरेडले अपमानित हुने ठाउँमा बस्दै बस्दिनँ भनेकोप्रति मेरो टिप्पणी केही छैन। तर हाम्रो प्रयास आन्दोलनको रक्षा हो। यति ठूलो धक्का दिएर कसैलाई त्यसप्रति पछुतो छैन भने त्यो उहाँहरुको कुरा हो। तर हामी अन्तिम प्रयास गर्छौँ।’ ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरुसँग भने ।

















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया