मंगलबार, वैशाख ८, २०८३

आयो ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’

मेरोन्यूज २०७८ साउन ८ गते २१:४५

काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ । कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विद्वान्हरू प्राडा. हेमनाथ पौडेल, प्राडा. रमेशप्रसाद भट्टराई र डा प्रेमप्रसाद चौलागाईँले लेखेका सो कृति प्रकाशन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले हालसम्म बजारमा पुरानै पद्धतिमा लेखिएका व्याकरण रहेको अवस्थामा नेपाली भाषाका सीपको शिक्षण गर्न अति उपयोगी हुने किसिमले लेखिएको यो हालसम्मकै नवीन व्याकरण भएको बताए । डिमाइ आकारको ३५२ पृष्ठको पुस्तकको मूल्य ३१५ रहेको छ ।

प्रतिक्रिया