कोरियामा कोभिडको चौथो लहर, दिनदिनै बढ्दै सङ्क्रमित

सोल । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ ।
कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन् । स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका सङ्क्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट)को समेत लक्षण देखिएको छ ।
यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजारबढी बढी छन् । यो भाइरस उच्च गतिमा सङ्क्रमण हुने गर्दछ । पछिल्लो समय थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च हो । यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै दुई जना बढी भेला हुनसमेत बन्देज गरेको छ ।
सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेको छ । कोरियामा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या दुई हजार ६३ छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया