गृह प्रवक्तामा पोखरेल, प्रशासन महाशाखामा रिजाल

काठमाडौं । गृहमन्त्रालय मातहतका विभिन्न निकायका सह(सचिवहरुको सरुवा गरेको छ । जसमा महत्वपुर्ण मानिने सुरक्षा तथा समन्यव महाशाखा तथा प्रवक्ताको जिम्मेवारी फणिन्द्र पोखरेल तथा प्रशासन महाशाखाको प्रमुखमा गोविन्द प्रसाद रिजालको सरुवा भएको छ ।
प्रशासन महाशाखामा रहेका घनस्याम उपाध्याय आन्तरीक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । यसअघि प्रवक्ताको रुपमा रहेका जनकराज दहाल कारागरा व्यवस्थापन विभागमा सरुवा भएको छ ।
शुक्रवार बसेको मन्त्रालयको वैठकले काठमाडौं,झापा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीका रुपमा कमाण्ड गरेका दहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाउने र कारागार ब्यवस्थापन विभागका महानिर्देशकको भूमिकामा रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
पोखरेलले यस अघि तराईका ५ र पहाडी क्षेत्रका दुईवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडियो) भएर जिल्लाका कमाण्ड गरिसकेका छन् । यस्तै रिजालले पनि आधा दर्जन भन्दा बढी जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी भएर कमाण्ड गरेका छन् ।
प्रवक्ताको हेरफेरसँगै गृह सचिवसहितको ठूलो संख्यामा सचिव हेरफेर गर्ने सरकारको गृहकार्य सुरु गरेको स्रोतले जनाएको छ ।









सेयर बजार निरन्तर ओरालो
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल
अण्डाको मूल्य हालसम्मकै उच्च
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया