गृह प्रवक्तामा पोखरेल, प्रशासन महाशाखामा रिजाल

काठमाडौं । गृहमन्त्रालय मातहतका विभिन्न निकायका सह(सचिवहरुको सरुवा गरेको छ । जसमा महत्वपुर्ण मानिने सुरक्षा तथा समन्यव महाशाखा तथा प्रवक्ताको जिम्मेवारी फणिन्द्र पोखरेल तथा प्रशासन महाशाखाको प्रमुखमा गोविन्द प्रसाद रिजालको सरुवा भएको छ ।
प्रशासन महाशाखामा रहेका घनस्याम उपाध्याय आन्तरीक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । यसअघि प्रवक्ताको रुपमा रहेका जनकराज दहाल कारागरा व्यवस्थापन विभागमा सरुवा भएको छ ।
शुक्रवार बसेको मन्त्रालयको वैठकले काठमाडौं,झापा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीका रुपमा कमाण्ड गरेका दहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाउने र कारागार ब्यवस्थापन विभागका महानिर्देशकको भूमिकामा रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
पोखरेलले यस अघि तराईका ५ र पहाडी क्षेत्रका दुईवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडियो) भएर जिल्लाका कमाण्ड गरिसकेका छन् । यस्तै रिजालले पनि आधा दर्जन भन्दा बढी जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी भएर कमाण्ड गरेका छन् ।
प्रवक्ताको हेरफेरसँगै गृह सचिवसहितको ठूलो संख्यामा सचिव हेरफेर गर्ने सरकारको गृहकार्य सुरु गरेको स्रोतले जनाएको छ ।
















दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
शेखर गोल्छाको थुना म्याद थप गर्न अदालतकाे अस्वीकार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया