शनिबार, चैत १४, २०८२

पार्टीमा फर्किनुस्, भविष्य किन सखाप पार्ने : अध्यक्ष ओली

मेरोन्यूज २०७८ साउन १० गते १४:३४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालबाहेक सबै नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले प्रतिगमन गम्भीर अवस्थामा पुगेकाले पार्टीका फर्कन आग्रह गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलनलाई कमजोर पार्ने काम भएको बताए । ‘पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु, यो एक दुई जनाले बनाएको पार्टी होइन, हामी सबैको पसिना मिसिएको छ,’ ओलीले भने ।

ओलीले आफ्ना स्वार्थले प्रतिक्रियावादीको षडयन्त्रको अंग बनेर सरकार ढाल्नेहरूले हरेक गतिविधि छर्लंगै देखिएको बताए ।

‘आफ्ना सांसदलाई प्रलोभन देखाएर मतदानबाहिर लगेको देखेका छौँ, उनीहरू विरोधीको पछि–पछि लागेर राष्ट्रपति कहाँ गएको देखेका छौँ,’ ओलीले भने, ‘त्यस्ताको पछि लागेर आन्दोलन हुँदैन, आफ्नो भविष्य किन सखाप पार्ने, साथीहरू फर्किनुस् ।’

प्रतिक्रिया