अर्थमन्त्री शर्मा र पूर्व अर्थमन्त्रीबीच छलफल

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधान चाल्नु पर्ने उपायबारे पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । अर्थमन्त्री शर्माले आज पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन र शंकरप्रसाद कोइरालासँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले राष्ट्रिय सहमतिका आधारमा उपलब्ध स्रोत तथा विद्यमान जनशक्तिको उचित संयोजन गरेर कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आफूले इमान्दार प्रयास गर्ने बताए । उनले कोरोनाबाट सिर्जित समस्याले प्रतिकूल प्रभाव पारेको भन्दै सबैको साथ र सहयोगबाट नै चुनौतीलाई छिचोल्न सकिने उल्लेख गरे ।
कोरोना महामारीका कारण अर्थतन्त्रको परिदृश्य गतिलो नदेखिएकाले सरकारले सोही बमोजिम आर्थिक नीति तय गर्नुपर्ने पूर्वअर्थमन्त्रीहरुको सुझाव थियो । यस्तै, पूँजीगत खर्चमा हुनु नसक्नु अर्थतन्त्रको अर्को चुनौती भएकाले यसमा विशेष ध्यान दिन आग्रह गर्दै उहाँहरूले त्यसका पछाडि मन्त्रालयगत समस्या हो वा अर्थमन्त्रालयको कमजोरी हो भन्नेबारे समीक्षा गर्न आग्रह गरेका छन् ।
उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न तथा अनुत्पादक क्षेत्रमा हुने सार्वजनिक खर्च कटौतीमा ध्यान केन्द्रित गर्नसमेत उनीहरूको जोड थियो ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया