विदेश जानेले यी दुई अस्पतालमा कोरोना खोप लगाउन सक्ने
मेरोन्यूज
२०७८ साउन ११ गते १५:००

काठमाडौं । सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गर्दै उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा अब विदेश जानेहरूले खोप लगाउन सक्ने जनाएको छ।
मन्त्रालयका अनुसार तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ। यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो। अब विदेश जाने कामदार वा विद्यार्थीले आफूलाई पायक परेको समयमा यी अस्पतालमा गएर खोप लगाउन सक्नेछन्।
यसअघि सञ्चालन भइरहेको खोप केन्द्रमा खोप लगाउने कार्य सकिएकाले विदेश जानेहरूका लागि खोप उपलब्ध गराउन अस्पताल तोकिएको छ । खोप लगाउँदा विदेशमा क्वारेन्टिनमा बस्नु नपर्ने भएकाले पनि अहिले सबै कामदारहरूले खोप लगाएका छन्।
सम्बन्धित
















गृहमन्त्रीद्वारा काठमाडौँका कारागारहरूको निरीक्षण- सुधारका लागि निर्देशन
२३ सदस्यीय महिला फुटबल टोली घोषणा
कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने
भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
प्रतिक्रिया