शुक्रबार, वैशाख २५, २०८३

उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता (निर्णयसहित)

मेरोन्यूज २०७८ साउन ११ गते १७:१९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई बोलाएको थियो।

Advertisement
NiccNicc

आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो। ५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए। पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए।

आयोगको यो निणर्यसँगै दल विहिन हुन पुगेका महन्थ ठाकुर पक्षले भने अव नयाँ दल दर्ता गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलास आयोगले गठन गरेको थियो।

साउन ३ वाट इजालसले नियमति सुनुवाई गदै अन्तिममा कार्यकारीणी समितिमा रहेका ५१ नेताकै हेडकाउन्ट गरेको थियो । निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले अव महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने भए रित पुर्‍याएर निवेदनसहित आउनुपर्ने वताएका छन् ।

प्रतिक्रिया