घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृंखला अस्ट्रेलियालाई

काठमाडौं । घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृंखला अस्ट्रेलियाले जितेको छ । ब्रिङटाउनमा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेष्ट इन्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले २–१ ले श्रृंखला जितेको हो ।
वेष्ट इन्डिजले दिएको १ सय ५३ रनको लक्ष्य अस्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
अस्ट्रेलियाका म्याथ्यु वेडले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५२ बनाएको थियो । उसका लागि इभान लेविसले अविजित ५५ रन जोडे पनि अरुले राम्रो खेल्न सकेनन् ।
अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा जोस हेजलवुड, अस्टन अगर र एडम जाम्पाले दुई/दुई विकेट लिए ।
दोस्रो एक दिवसीयमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको थियो भने पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डर्कवर्थ लुइस पद्धतिका आधारमा १ सय ३३ रनले हराएको थियो ।
वेष्ट इन्डिजसँगको खेलपछि अस्ट्रेलिया पाँच खेलको टी–ट्वेन्टी श्रृंखला खेल्न बंगलादेश जाँदैछ ।

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया