नेपालमै भेटियो डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको ३ नमुना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको तीन ओटा नमुना फेला परेको जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको पुष्टि गरेको छ ।
यसरी भेटिएका भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर पार्ने अध्ययनहरुले देखाएका छन् ।
मन्त्रालयले जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी नमुनाहरु सिक्वेन्सिङका असार ३० गते भारत पठाएको थियो ।
यो सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ ।

















संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
प्रतिक्रिया