कांग्रेसको पदाधिकारी बैठक आज पनि, टुङ्गिएन सदस्यता वितरणको विवाद

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज पनि बस्दै छ ।
बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा विहान ११ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कांग्रेसले जनाएको छ ।
नेता रमेश लेखक नेतृत्वको सो समितिले चार जिल्लाहरुमा देखिएको विवाद समाधान गर्न नसकेपछि मंगलबार अपूर्ण प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको हो ।
सिमितले धनुषाको क्षेत्र नम्बर–४ र सर्लाहीको क्षेत्र नम्बर–२ को नयाँ क्रियाशील टुङ्ग्याउन नसक्दा पुराना मात्रको सिफारिस गरेको छ । यस्तै सप्तरी र बारा जिल्लाको नयाँ सदस्यबारे शीर्ष नेताहरुबाटै आवश्यक निर्णयका लागि अनुरोध गरिएको छ ।
आज बस्ने बैठकमा समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर तल्ला तहका अधिवेशनको मति तय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए ।
नेपाली कांग्रसले क्रियाशील सदस्यता वितरण सम्वन्धी विवाद टुङ्ग्याउन नसक्दा तल्लो तहका अधिवेशन तोकिएको कार्यतालिका अनुसार प्रभावित भइसकेको छ ।
सदस्यताको विवाद नै टुङ्ग्याउन नसक्दा कांग्रेसले मंगलबारबाट सुरु हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन भने आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
प्रतिक्रिया