प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
मेरोन्यूज
२०८२ चैत १२ गते १४:२६

काठमाडौँ ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
नवनिर्वाचित सांसदको सपथ समारोहमा सहभागी हुन आज सिंहदरबारस्थित संसद् भवन पुगेका उनले सञ्चारकर्मीसँग सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताए ।
“प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन प्रश्न गर्छौँ, सहयोग गर्छौँ, सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले रचनात्मक सहयोग गर्नेछ । सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने छौँ । प्रतिपक्षमा रहेर सशक्त भूमिका निर्वाह गर्छौँ”, अध्यक्ष राईले भने । सुनसरी क्षेत्र नं १ बाट निर्वाचित सांसद राईले देशभर स्वच्छ पिउने पानीको पहुँच पुर्याउन आफू लागिपर्ने बताए ।
सम्बन्धित
















नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया