सत्ता पक्षीय गठबन्धनको बैठक : लगाउन सकेन मन्त्रीको टुङ्गो

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्षीय गठबन्धनको बैठक सकिएको छ । बैठक बुधबार विहान ९ बजेर ४० मिनेटबाट सुरु भएको थियो ।
बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री शेर बहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेका थिए । गठबन्धनको बैठकमा एमाले माधव कुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी रहेका थिए ।
बैठकमा सैद्धान्तिक बिषयमा छलफल केन्द्रित रहेको जनाइएको छ । यस्तै बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफांडको जिम्मा शिर्ष नेताहरुलाई दिनुका साथै न्युनतम साझा कार्यक्रम चाडो टुङ्गो लगाउन कार्यदललाई निर्देश दिएको कार्यदल संयोजक पुर्ण बहादुर खड्काले जानकारी गराएका छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया