सत्ता पक्षीय गठबन्धनको बैठक : लगाउन सकेन मन्त्रीको टुङ्गो

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्षीय गठबन्धनको बैठक सकिएको छ । बैठक बुधबार विहान ९ बजेर ४० मिनेटबाट सुरु भएको थियो ।
बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री शेर बहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेका थिए । गठबन्धनको बैठकमा एमाले माधव कुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी रहेका थिए ।
बैठकमा सैद्धान्तिक बिषयमा छलफल केन्द्रित रहेको जनाइएको छ । यस्तै बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफांडको जिम्मा शिर्ष नेताहरुलाई दिनुका साथै न्युनतम साझा कार्यक्रम चाडो टुङ्गो लगाउन कार्यदललाई निर्देश दिएको कार्यदल संयोजक पुर्ण बहादुर खड्काले जानकारी गराएका छन् ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रतिक्रिया