ई–सेवाबाट चिरायु अस्पतालमा अपोइन्टमेन्ट सेवा लिन सकिने

काठमाडौं । चिरायु राष्ट्रिय अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि अनलाइनबाट अपोइन्टमेन्ट लिन मिल्ने भएको छ ।
ई–सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा अस्पताल आबद्ध भएसँगै अनलाइनबाट अपोइन्टमेन्ट लिन मिल्ने भएको हो ।
अनलाइन अपोइन्टमेन्टको कारण अस्पतालको ओपिडी सेवा चुस्त बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा अस्पतालले गरेको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने भएकाले अस्पतालमा लाइन लाग्नु नपर्ने तथा समयको बचत हुने बताइएको छ ।
कोजेन्ट हेल्थ र ई–सेवाले अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरु गरेसँगै उक्त प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढेकोसमेत बताइएको छ ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाको व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र ई–सेवाले निर्माण गरेको ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेका छन् ।
















सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया