एमालेमा प्रवेश गरेको छैन, माओवादीकै नेता हुँ : रायमाझी

काठमाडौं । पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन् । बुधबार सर्वोच्च अदालत पुगेका रायमाझीले आफूले माओवादी त्याग गरी एमाले प्रवेश नगरेको दाबी गरेका छन् ।
सांसद पदमा पूर्नवाहाली गरी माग्न रायमाझी सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए । उनले रिटमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको दाबी गरेका छन् । उनले आफू माओवादी केन्द्रकै नेता रहेको दाबी गरेका छन् ।
रिटमा उनले माओवादी केन्द्रको महाधिवेशन नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् । नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीसहित लेखराज भट्ट, साह र गौरीशंकर चौधरीलाई सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेको संसद् सचिवालयलाई जानकारी गराएको थियो ।
संसद् सचिवालयले उनीहरुलाई गत चैत २६ गते सांसद पदबाट हटाएको थियो । सांसद पदबाट हटाएको करिब ४ महिनापछि रायमाझी सर्वोच्च अदालत गएका हुन् ।

















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया