उकालो लाग्यो नेप्से

काठमाडौं । नेप्सेले लगातार उचाई लिँदै गर्दा लगानीकर्ताहरु समूहगत स्टक बढाउने र घटाउने खेलमा व्यस्त देखिएका छन् ।
नेपाल राष्ट्र बैंकको असल कर्जामा थप शून्य दशमलव ३ प्रतिशत प्रोभिजन दिने भएपनि मंगलबार २९ अंकले बढेको नेप्से आज बुधबार १५ दशमलब ३ अंकले उकालो लागेको छ ।
बजार परिसुचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५ प्रतिशतले बढेर ३ हजार ९४ दशमलब ९४ बिन्दुमा पुगेको छ ।
कूल २ सय १९ कम्पनीको १ लाख २८ हजार ७ सय ८० कारोबारबाट १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरका २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयर किनबेच भएको स्टक एक्सेञ्जले जनाएको छ ।
बैंकिङ समूह, जलविद्युत् र उत्पादनमुलक समूहमा आएको ठूलो गिरावटका बाबजुत पनि अन्तिम समयमा बजार परिसु्चक उकालो लागेको हो ।
सोमबार र मंगलबार अधिकांश जलविद्युत् कम्पनीको मूल्य बढेको थियो भने कतिपयको सर्किट लेवलमा कारोबार भएको थियो ।
बुधबार सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाइड्रोपावरको ३८ करोड ५३ लाख ६९ हजार रुपैयाँ छ । उच्च १० करोबारमध्ये ८ वटा जलविद्युत् कम्पनीका छन् ।
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया