गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
मेरोन्यूज
२०८३ वैशाख २६ गते १६:०८

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापासँग प्रश्न गरेका छन् ।
कांग्रेसको जरा अभियानको क्रममा शनिबार धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरे ।
‘२३ र २४ गतेको शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वभाविक हो कि अस्वभाविक हुन् ? शेरबहादुर देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक ? त्यो भन्नुपर्छ,’ उनले सभापति थापासमक्ष भने ।
देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोध्दै उनले अब देउवाको स्थान के हुने ? भन्नेबारे पनि प्रश्न गरे ।
साथै, उनले सिंगो नेपाली कांग्रेसलाई एक बनाएर अघि बढ्न सुझाव पनि दिए ।
सम्बन्धित
















गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया