कांग्रेस पदाधिकारी बैठक
क्रियाशिल सदस्यता छानविन समितिलाई फेरि समय थप
मेरोन्यूज
२०७८ साउन १३ गते १६:१५

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठक सकिएको हो ।
आजको बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । करिब ४ घण्टा लामो समयसम्म चलेको बैठकमा नेताहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राखेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
उनका अनुसार छानविन समितिमा देखिएका फरक मतलाई सम्बोधन गरी प्रतिवेदनलाई अन्तिम रुप दिइने छ । क्रियाशिल सदस्यतामा रहेका अधुरा काम टुङ्गाउन छानविन समितिलाई थप २४ घण्टासम्मको समय दिएको छ ।
त्यसपछि पनि टुङ्गो नलागेका काम केन्द्रिय कमिटीको बैठकबाट लगाइने भएको छ । बैठक पुनः बिहिबार २ बजे बस्ने छ ।
सम्बन्धित















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया