कांग्रेस पदाधिकारी बैठक
क्रियाशिल सदस्यता छानविन समितिलाई फेरि समय थप
मेरोन्यूज
२०७८ साउन १३ गते १६:१५

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठक सकिएको हो ।
आजको बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । करिब ४ घण्टा लामो समयसम्म चलेको बैठकमा नेताहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राखेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
उनका अनुसार छानविन समितिमा देखिएका फरक मतलाई सम्बोधन गरी प्रतिवेदनलाई अन्तिम रुप दिइने छ । क्रियाशिल सदस्यतामा रहेका अधुरा काम टुङ्गाउन छानविन समितिलाई थप २४ घण्टासम्मको समय दिएको छ ।
त्यसपछि पनि टुङ्गो नलागेका काम केन्द्रिय कमिटीको बैठकबाट लगाइने भएको छ । बैठक पुनः बिहिबार २ बजे बस्ने छ ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया