जग्गा अधिग्रहण गर्दा कोही सुकुम्बासी कोही करोडपति हुने अवस्था नहोस् : भूषाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुरयाउन पर्ने बताएकी छिन् । सिंहदरवारस्थित मन्त्रालयको कार्यकक्षमा आयोजित मन्त्रालयको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गदै मन्त्री भूषालले जनतालाई मुआब्जा र क्षतिपूर्ति दिँदा न्यायोचित तवरले अर्को ठाउँमा किन्न सक्नेगरी दिनुपर्ने बताएकी हुन् ।
“हामीले सेवा दिने भनेको जनताका लागि हो, सेवा दिने पनि जनताकै लागि हो ।” मन्त्री भुसालले भनिन्,–‘एकीकृत आयोजना जनतामा लैजाँदा ल्याण्ड पुलिङमा जाँदा उपयुक्त हुन्छ । कोही सुकुम्बासी कोही करोडपति हुने अवस्था नओस् ।”
जग्गाको सन्दर्भमा राज्यले लिने मूल्य र वास्तविक कारोबार मूल्य एउटै हुनुपर्नेमा जोड उनले दिइन् ।
“मालपोतमा गयो जग्गाको मूल्य एउटा छ, बजारमा गयो त्यसको मूल्य कयौं गुणा बढी छ । राज्यले एउटै दर बनाएर लैजानुपर्छ ।” भुषालले भनिन्,–‘मालपोतको रजिष्ट्रेशन शुल्क नोमिनल हुनुपर्छ ।’

जग्गा अधिकरणमा बल प्रयोग मात्र गर्दा समस्याको समाधान नहुने बताउँदै मन्त्री भुसालले योजनाको छनोट गर्दा पनि मानववस्ती र खेतियोग्य जमिनमा नपर्ने गरी बनाउनुपर्ने उल्लेख गरिन् । उनले भनिन्,–“शुरुकै योजनाबाट सामान्य डाभर्ट हुने सकिन्छ भने गरौं, शुरुमै सर्वे र डिजाइन गर्दा खेरी नै एउटा आचारसिंहता बनाएर अगाडि बढौँ ।”
विगतमा दीर्घकालिन सोचसहित जग्गाको अधिकरण नहुँदा अहिले समस्या आएको बताउँदै मन्त्री भुसालले २०÷३० वर्षपछिको प्रक्षेपण गरेर काम गर्न सकेमात्र पनि समस्या कम गर्न सकिने बताइन् ।
एकीकृत योजना बनाउँदा समन्वयात्मक तवरले दूरदृष्टीले सोचेर काम गर्न निर्देशन दिँदै भुषालले भनिन्,– “ भत्काएको छ, बनाएको छ गर्नु भएन, लक्ष्य निर्धारणलाई वस्तुवादी बनाऔँ ।”
त्यसैगरी सिंचाइको सन्दर्भमा मन्त्री भुसालले कृषिको कामलाई विशिष्टिकरण गरेर सिंचाइ पु¥याउनुपर्ने बताइन् । सिंचाईले कृषिको उत्पादकत्वमात्र नभइ अनियन्त्रित, अव्यवस्थित बसाइ सराइ र उर्वरा जमिन बाँजो हुनबाट जोगाउन पनि सहयोग गर्ने भएकाले त्यसतर्फ लाग्न मन्त्री भूषालको जोड थियो ।
















मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
Former Prime Minister, CPN (UML) chair Oli arrested
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया