महानगरको सहयोगमा कोल्ड रुमु स्थापना

गण्डकी । उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा–१७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरिएको छ ।
पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषिउपजको संरक्षण एवं बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ कोल्ड रुम स्थापना गरि सञ्चालनमा ल्याइएको हो । तीन टन क्षमता रहेको सो कोल्ड रुम फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाद्वारा चार लाख ८० हजारको लागतमा स्थापना गरिएको किसान बजार निर्माण तथा सञ्चालक समितिका अध्यक्ष चूडामणि बरालले जानकारी दिए ।
पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले आज एक समारोहका बीच नवनिर्मित कोल्ड रुमको उद्घाटन गर्दै यसबाट कृषकले भरपुर फाइदा लिने विश्वास व्यक्त गरे । कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, वडासदस्य वैकुण्ठ भण्डारी, महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया, कृषक उमानाथ सुवेदी, खिमलाल बराल, उमाकान्त बरालले कोल्ड रुमको महत्व र आवश्यकतामाथि प्रकाश पारेका थिए ।
पोखरा महानगरपालिकाद्वारा ११ लाखको लागतमा उक्त कृषि बजारको निर्माण गरि गत वर्षदेखि सञ्चालनमा ल्याएको हो । विश्वव्यापीरुपमा पैmलिएको कोरोनाको कारण बन्द भएको सो बजार साउन १ गतेदेखि पुनःसञ्चालनमा आएको कृषक श्याम पोखरेलले जानकारी दिए । रासस
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया