बिहीबार बस्ने सत्ता पक्षीय गठबन्धनको बैठकले मन्त्रीको टुङ्गो लगाउने
मेरोन्यूज
२०७८ साउन १३ गते २०:०५

काठमाडौं । सत्ता पक्षीय गठबन्धको बैठक बिहीबार पुनः बस्ने भएको छ । प्रधानमन्त्रीको सारकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेदेखि बैठक बस्ने जनाइएको छ ।
बिहीबार बस्ने बैठकले मन्त्रीको टुङ्गो लगाउने बताइएको छ । आज बसेको बैठकले मन्त्रीको टुङ्गो लगाउन सकेको थिएन । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार सच्चालनमा असहज भएको भन्दै छिटो मन्त्रीको टुङ्गो लगाउन गठबन्धनका नेताहरुलाई आग्रह गरेका थिए ।
साथै बैठकले मन्त्रालय बाडफांडको जिम्मा शिर्ष नेताहरुलाई दिएको थियो । जनता सामाजवादी पार्टी (जसपा)को आज बसेको कार्याकारणी समितिको बैठकले मन्त्रीको टुङ्गो लगाउने तीन शिर्ष नेतालाई दिएको छ ।
यस्त,ै मन्त्रीको टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रले बोलाएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्थताले स्थगित गरिएको थियो ।
सम्बन्धित
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया