सत्ता गठवन्धन ५ दलको बैठक वालुवाटारमा जारी, मन्त्री मण्डल विस्तारबारे छलफल

काठमाडौं । सत्ता गठवन्धन ५ दलको बैठक वालुवाटारमा जारी छ । मन्त्रीमण्डललाई पूर्णता दिने लगायत विषयमा गठवन्धन दलको बैठकमा छलफल भइरहेको छ ।
यसअघि हिजो बसेको बैठकले शक्ति सन्तुलन र सरकारमा सहभागि हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मा शीर्ष नेतालाई दिएको थियो ।
यस्तै न्युनतम साझा कार्यक्रम चाँडो टुङ्गो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशन दिएको थियो ।
सत्ता गठवन्धनमा आवद्ध भएपनि एमालेकाे असन्तुष्ट माधव कुमार नेपाल समूहले तत्काल सरकारमा सहभागि हुन नसक्ने जानकारी गराइसकेको छ ।
हिजाेको बैठकमा सहभागि नेपाल समूहका नेताले कानूनी र प्राविधिक कारणले सरकारमा सहभागि हुन नसक्ने जानकारी गराएका हुन् ।
राष्ट्रिय जनामोर्चाले पनि सरकारमा सहभागि नहुने बताएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले क–कसलाई सरकामा पठाउने भनेर अझै निर्णय गर्न सकेका छैनन् । कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व सम्हालेको १७ दिन भइसकेको छ ।
















One dies in motorcycle accident
36 days to go for voting: Officers assigned for monitoring election code of conduct
सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति ?
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया