शनिबार, वैशाख २६, २०८३

बिजुलीको महसुल घटाउछु : मन्त्री भुसाल

मेरोन्यूज २०७८ साउन १४ गते १२:०४


वीरगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने बताएकी छन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन् ।

Advertisement
NiccNicc

अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको उनले बताइन् ।

उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यकरहेकामा जोड दिइन् । मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी रहेको बताइन् ।

प्रतिक्रिया