न्यायालयका विकृति अध्ययन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं । सर्वोच्च अदालतले गठन गरेको विकृति विसंगति अध्ययन समितिले एक वर्षपछि आफ्नो प्रतिवेदन बुझाउन लागेको छ । बिहीबार दिउँसो २ बजे समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई प्रतिवेदन बुझाउन लागेको हो । गत वर्ष सर्वोच्च अदालतबाट भएका दुई फैसला विवादित भएपछि उक्त समिति गठन गरिएको थियो ।
पत्नीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद छुट र पैदलयात्रीलाई ठक्कर दिएर मारेको घटनाका अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वाेच्चले फैसला गरेको थियो । सर्वोच्चको उक्त फैसलाको चौतर्फि आलोचना भएको थियो । त्यसपछि गत वर्ष साउन २९मा प्रधानन्यायाधीश जबराले पाँच सदस्यीय समिति गठन गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा नेपाल बार एसोसिएनका महासचिव लीलामणी पौडेल, महान्यायाधिवक्ताको कार्यालयबाट नारायणप्रसाद पौडेल, सर्वोच्च बारबाट शुभनराज आचार्य र एक जना न्याय परिषदबाट वरिष्ठ अधिवक्ता सदस्य रहेको समिति गठन गरिएको थियो ।
समितिले सातै प्रदेशका कानून व्यवसायी, न्यायाधीश, बार एसोसिएसन, सेवाग्राहि तथा अन्य सरोकारवालाहरुसँगको छलफलमा उक्त प्रतिवेदन तयार गरेको हो ।समितिलाई ३ महिनाभित्र प्रतिवेदन बुझाउन समय दिएको थियो । तर, कोरोना महामारी र अन्य विविध कारणले ढिला हुन गएको समिति सदस्यहरुले बताएका छन् ।
न्यायपालिकामा अनियमितता, भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलाप अध्ययन तथा तिनको रोकथामका उपायसमेत सुझाउन समितिलाई जिम्मेवारी दिइएको थियो । यसअघि पनि यस्ता समिति गठन हुँदै आएका थिए । तर प्रतिवेदन भने सार्वजनिक गर्ने गरिएको थिएन । साथै कार्यान्वयनको पाटो पनि फितलो रहेको कानून व्यवसायी तथा समितिका सदस्यहरु बताउँछन् ।








एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल
आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर
प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया