सर्वोच्चलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको जवाफ : मन्त्रिपरिषद् संविधान अनुसार छ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रिपरिषद्को संख्या संविधान अनुसार भएको बताएका छन् । उनले बिहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउदै आफ्नो मन्त्रिपरिषदको संख्या संविधान अनुसार प्रदेशसभा सदस्य संख्याको २० प्रतिशत रहेको दाबी गरेका छन् ।
उनले जवाफमा भनेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् संख्या कुल सदस्य संख्या ५३ को २० प्रतिशतमा १०।६ हुन्छ । गणितको सर्वमान्य विधि र मान्यतालाई दृष्टिगत गरी मन्त्रिपरिषद् संख्या गणना गर्दा दशमलव पछाडि पाँच भन्दा बढी अंक आएकाले दशमलव पछाडिको अंक विलुप्त भइ ११ अंक कायम हुन्छ । जसअनुसारअधिकतम ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सकिने भएकाले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् ११ सदस्यीय संविधान अनुकुल हुँदा प्रस्तुत रिट निवेदन खारेज गरी पाऊ ।’
मुख्यमन्त्री भट्टले गत १४ जेठमा मन्त्रिपरिषद विस्तर गरका थिए । हाल उनको मन्त्रिपरिषद् ११ सदस्य रहेको छ । प्रदेशसभाको कुल संख्याको २० प्रतिशत भन्दा बढी भएको भन्दै २७ जेठमा धनगढीका कमल राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्देश सभाको कुल संख्याको २० प्रतिशत हुने गरी मन्त्रिपरिषदर बनाउनु पर्ने व्यवस्था रहेको छ । रिट उनीहरुले ५२ जनाको १०।४ हुने भन्दै मन्त्रिपरिषद् संविधान विपरीत रहेको दाबी गरेका थिए । तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । साथैमुख्यमन्त्रीसहित मन्त्री र प्रदेश प्रमुखको कार्यालयसँग लिखित जवाफ मागेको थियो ।










झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ
खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल
औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
आज कात्तिक २० गते बिहिवार,कस्ताे रहला तपाइकाे दिन ?
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
प्रतिक्रिया