पूर्वमन्त्रीहरुको रिट हेर्न नभ्याइने सूचीमा
मेरोन्यूज
२०७८ साउन १४ गते १६:१६

काठमाडौं । सर्वाेच्च अदालतले चार पूर्वमन्त्रीहरुको रिट हेर्न नभ्याइने सूचीमा राखेको छ । बिहीबार सर्वोच्चले उनीहरुको रिटमाथिको सुनुवाइ गर्न दीपककुमार कार्कीको इजलासमा पेसी तोकेको थियो ।
नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
बुधबार आफूहरु नेकपा एमालेमा प्रवेश नगरेको र हालसम्म माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा कायम गरी माग्न उनीहरु सर्वोच्च पुगेका हुन् ।
न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोके पनि लागूऔषधको मुद्दाको सुनुवाइ गर्नु पर्ने भएकाले उनीहरुको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा राखेको हो ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया