पूर्वमन्त्रीहरुको रिट हेर्न नभ्याइने सूचीमा
मेरोन्यूज
२०७८ साउन १४ गते १६:१६

काठमाडौं । सर्वाेच्च अदालतले चार पूर्वमन्त्रीहरुको रिट हेर्न नभ्याइने सूचीमा राखेको छ । बिहीबार सर्वोच्चले उनीहरुको रिटमाथिको सुनुवाइ गर्न दीपककुमार कार्कीको इजलासमा पेसी तोकेको थियो ।
नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
बुधबार आफूहरु नेकपा एमालेमा प्रवेश नगरेको र हालसम्म माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा कायम गरी माग्न उनीहरु सर्वोच्च पुगेका हुन् ।
न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोके पनि लागूऔषधको मुद्दाको सुनुवाइ गर्नु पर्ने भएकाले उनीहरुको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा राखेको हो ।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया